पूर्वाञ्चल खबर
साधारण सभाको उद्घाटन प्रमुख अतिथि पूर्व मन्त्री केशवप्रसाद बडालले गरे । कार्यक्रममा बोल्दै पूर्व मन्त्री बडालले मुलुकको आर्थिक सम्बृद्धिका लागि सहकारी महत्वपूर्ण माध्यम हुने बताए । सहकारीको पछिल्लो समस्या सम्पूर्ण सहकारीको नभई केहीको मात्र भएकोले सबै संस्थालाई नकरात्मक रुपले हेर्न नहुने समेत बताए ।
संस्थाका अध्यक्ष रमेशप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय मौरी पालन सहकारी संघकी अध्यक्ष जानुका थापा, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका क्याम्पस प्रमुख डा.रामवतार शरण, विराटनगर महानगर पालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामत, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी, संस्थाका सचिव डिल्ली पोख्रेल, लेखा समितिको संयोजक रवि रोक्कालगायतले बोले ।
कार्यक्रममा स्व. ओम प्रकाशगोयल–स्टार छात्रवृत्तिअन्तर्गत ११ जना एसइई उत्तिर्ण विधार्थीहरुलाई जनही ७ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । साथै बेनु /सीता देवी प्रसाई–स्टार अक्षय कोषबाट विराटेश्वर बृद्ध आश्रममा आश्रित ४१ जना नागरिकलाई नयाँ कपडा वितरण गरियो ।
४ करोड ५ लाख २० हजार शेयर पूँजी रहेको संस्थामा २ हजार ३ सय ७३ जना शेयर सदस्य रहेका छन् ।