विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभागिहरुले यस्तो बताएका हुन् । जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख टंक गौतमले स्थानीय तहका अधिकारको उच्चतम प्रयोग गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न सके अपेक्षाकृत रुपमा सामुदायिक विद्यालयको समेत स्तरोन्नती गर्न सकिने बताए । उनले सामुदायिक विद्यालयका विद्यार्थीको आयस्तर, जनताको चेतना स्तर हेरेर सामुदायिक विद्यालयको स्तरोन्नती गर्न लगानी गर्न आवश्यक रहेको समेत बताए। उनले विराटनगर महानगरका केहि सामुदायिक विद्यालयहरुले आफूलाई विकास गर्दै लगिरहेपनि दक्षिणवर्ती वडाका विद्यालयहरुको विकासमा सहकार्य गर्दै उनन्नयनमा लाग्नुपर्नेमा जोड दिए । उनले जनपथ माविपनि विराटनगर महानगरका ६, ११ र १२ नम्बर वडाभित्रको एउटा मात्र मावि रहेको भन्दै त्यस विद्यालयको स्तरोन्नतीमा ध्यान दिन आवश्यक रहेको बताए।
विराटनगर महानगरका मेयर, उपमेयर तथा वडा ११ का जनप्रतिनिधी सहभागि कार्यक्रममा विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले नव निर्वाचित मेयर र उपमेयर दुवैले शिक्षा क्षेत्रलाई राम्ररी बुझेको भन्दै सबैको राय सुझाव लिएर अघि बढ्ने बताए।
कार्यक्रममा पत्रकार श्रीमन्त भट्टराईले सामुदायिक विद्यालय भनेको कमजोर हो भन्ने मानसिकता त्यागेर स्तरोन्नती गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढ्न आवश्यक रहेको बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले सामुदायिक विद्यालयलाई राज्य संयन्त्रले आवश्यक सहयोग नगरेको गुनासो गरे। उनले शिक्षक कर्मचारीको व्यवस्थापन तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा प्रयाप्त लगानी भए सामुदायीक विद्यालय निजी विद्यालयसँग सहजै प्रतिष्पर्धा गर्न सक्ने बताए। यद्यपी विद्यालयमा अध्ययनरत विद्यार्थी र तीनका अभिभावको आयस्तर र चेतनास्तर अनुसार विद्यालयको वर्गीकरण गर्नुपर्ने बताए। उनले भने,‘विपन्न वर्गका बालबालिकाको बाहुल्यता रहेको जनपथ माविसँग अन्य विद्यालयसँग तुलना गरेर लगानी गर्नु अन्यायपूर्ण हुने बताए। उनले जनपथ माविका लागि सभाहल, खेलकुदका संरचना तथा खेल मैदानको आवश्यकता रहेको औल्याए।
कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले विपन्न वर्गका बालबालिकाको शैक्षिक केन्द्रका रुपमा रहेको जनपथको स्तरोन्नतीको लागि सवैको सहयोग रहँदै आएको भन्दै अझै सबैको साथ र सहयोग आवश्यक रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उठेका जिज्ञासाहरुको संक्षिप्त जवाफ दिँदै महानगरका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि कानुन र क्षेत्राधिकार भित्र रहेर बढीभन्दा बढी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे। यसैबिच मेयर उपमेयरसहित वडाका नव निर्वाचित जनप्रतिनिधिलाई विद्यालयका तर्फबाट अध्यक्ष कोइराला, प्राधानाध्यापक पराजुलीलगायतले खादा र अबिर लगाएर बधाई ज्ञापन गरे ।
तपाईको प्रतिक्रिया