खबर पूर्वाञ्चल
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार देवरको खुकुरी प्रहारबाट ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) गम्भीर घाइते भएकी छिन् । शिवामाथि आफ्नै देवर वसन्त सार्कीले खुकुरी प्रहार गरेको जोशीले बताए ।
खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ । घरयासी विवादका क्रममा शनिबार राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेको डीएसपी जोशीले बताए ।
तपाईको प्रतिक्रिया