खबर पूर्वाञ्चल
मोरङको बेलबारी नगरपालिका–७ बाहुनीकी ६४ वर्षीया महिलाको मृत्यु भएको हो । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्नका लागि नोबेल अस्पताल ल्याएको महिलाको शल्यक्रिया गर्न नपाइकन ज्यान गएको छ ।
महिलालाई शल्यक्रियाका लागि भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएकी उनको मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । २८ गते नै स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाइएकोमा मंगलबार साँझ रिपोर्ट पोजेटिभ आएको र थप उपचारका लागि कोभिड अस्पताल पठाउने तयारी हुँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए ।
महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि बेलबारी– ५ की महिलाका मृत्यु भएको थियो ।