खबर पूर्वाञ्चल
सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममाका बीच सरदारको सभापतित्वमा उनीहरुले सपथ ग्रहण लिएका हुन् ।
नव निर्वाचित कार्य समतिका पदाधिकारहरुलाई बाँतर जातिको पाँचौ राष्ट्रिय महाधिवेशनका निर्वाचन समितिका संयोजक रमेशकुमार सरदारले सपथ ग्रहण गराए । सपथ ग्रहण गर्दै सभापति सरदारले बाँतर जातिको उत्तथान र मौकि अधिकारका लागि नीति तथा कार्य योजना बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै सह–अध्यक्ष शुभाष सरदार, वरिष्ठ उपाध्यक्ष चन्द्रेश्वर सरदार र महा–सचिव पदमकुमार सरदारलगायतले बाँतर जातिको धर्म संकृतिक संरक्षण र विभिन्न सचेतना मुलक, शिक्षा, स्वास्थ्य मुलक कार्य योजना बनाएकार बाँतर जातिको उत्थानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
पाँचौ राष्ट्रिय महाधिवेशनले सभपाति मखनलाल सरदारको सभापतित्वमा सहअध्यक्ष सुभाषकुमार सरदार, वरिष्ठ उपाध्यक्ष चन्दे्रश्वर सरदार, महा–सचिव पदमकुमार सरदार, उपाध्यक्ष लक्ष्मी सरदार, उपाध्यक्ष दिलिप सरदार, सचिब सोनेलाल सरदार, सह–सचिब रामलाल सरदार, कोषाध्यक्ष कबिता माझी बाँतर, केन्द्रीय सदस्यहरुमा बेचनीदेवि सरदार, ईनरदेवि सरदार, अमिरका सरदार, रुधनीदेवि सरदार, मालोदेवि सरदार, पारोदेवि सरदार, लक्ष्मिनारायण सरदार, लालविर सरदार, कैलाश सरदार, भोला सरदार, चतुर सरदार, सुरेशप्रसाद सरदार, रामराज सरदार, दुर्गा सरदार, केशव सरदार, श्रवनकुमार सरदार, श्रवणलाल सरदार, तुलसी सरदार (कटहरी) तुलसी सरदार ( ग्रामथान ) सम्पत सरदार, विक्रम सरदार, देबेन्द्र सरदार, रामकुमार सरदार, शिवानन्द सरदार, रेखादेवि सरदार, सजनलाल सरदार, विरेन सरदार, उपेन्द्र सरदार, रामप्रित सरदार, दिलिपकुमार सरदार, रामलखन सरदारलाई सर्वसहमतले चयन गरेको छ ।
नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रीय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको इटहरी नगरपाकिामा गत असार ७ र ८ गते मोहनलाल सरकार र चन्द्रदेव सरदारको अध्यक्षतामा महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले ४० जनालाई सर्वसहमतले चयन गरेको छ, भने ११ जना सदस्यलाई मनोनित गरी केन्द्रीय समितिमा ५१ जनाको कार्य समिति रहने प्रवधान रहेको महासचिव सरदारले जानकारी दिए।