अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

खबर पूर्वाञ्चल, १४ बैशाख २०८०, बिहीबार १८:४९
135
Shares

विराटनगर / विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा आज आयोजना गरेको प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागी यस्तो सुझाब दिएका हुन् ।

विराटनगरका उद्योगीले मूल रुपमा बैंकको चर्को ब्याजदर घटाउनु पर्ने, बथनाहा–कटहरी रेलमार्ग तत्काल सूचारु गर्नुपर्ने, गुणस्तरीय विद्युत् आपूर्ति हुनुपर्ने, मौद्रिक नीतिमा समावेश कतिपय कुरा सच्याउनु पर्ने, तरलता अभाव अन्त्य गर्नुपर्ने लगायतका विषय जोडतोडका साथ उठाए । त्यसका साथै उनीहरुले खुल्ला सीमा व्यवस्थापन नहुँदा भइरहेको चोरी तस्करीका कारण राजस्व संकलनमा पारेको प्रभावका विषयमा पनि खुलेर कुरा गरे ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले विराटनगरमा अति आवश्यक भौतिक पूर्वाधार निर्माण र अधुरा काम पूरा गर्न सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराए । विराटनगर–भारतको बथनाहा रेल्वे कार्य सुरु भएको १८ वर्ष बित्न लाग्दासमेत पूरा नहुँदा औद्योगिक क्षेत्रमा निरासा छाएको प्याकुरेलले बताए ।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भारतसँगको खुला सीमानाका कारण हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर परेको बताए । उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले चामल भन्दै चिनी तस्करी भइरहेको र पानीको नाममा रेड लेबल र ब्ल्याक लेबल ह्विस्की आयात गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको गलत नीतिका कारण तरलता अभाव हुँदा औद्योगिक तथा व्यापारिक क्षेत्र संकटग्रस्त भएको बताए ।

पर्यटन व्यवसायी पुण्य भट्टराईले राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडाकै कारण उद्योग व्यवसायीले मिटरब्याजीजस्तै ब्याज तिर्नु परेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५