animated ellipse animated ellipse

मोरङको प्रत्येक निर्वाचन क्षेत्रमा तीन ठाउँबाट गणना हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ मंसिर २०७९, शनिबार १७:१२
549
Shares
विराटनगर / मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि मोरङमा मतगणना स्थल तयार भएको छ । मोरङमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र ६ र प्रदेश सभाको १२ वटा निर्वाचन क्षत्रे रहेको छ ।

मोरङको निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए । मोरङ क्षेत्र नं.१ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाइ नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने भएको निर्वाचन अधिकृत ढुङ्गगेलले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठाबाट मतगणना स्थल बनाएको उनले बताए ।

अहिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन वटा गणना स्थल बनाएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार पछि थप हुनेछ ।’ एउटा मतगणना स्थलमा ६ जना गणकको टोली रहेको छ । ‘मत गणना सुरु भएको तीन दिन भित्र प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरिएको छ,’ मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले भने, ‘ मङ्सिर ५ गते बिहानबाट गणना सुरु भए प्रत्यक्षतर्फको ढिलोमा ८ गतेभित्रमा प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने गरी काम गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर