animated ellipse animated ellipse

नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७८, बुधबार १५:३९
531
Shares
सुनसरी / आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ ।

इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले भोलीदेखी एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए ।

छनोट खेलकालागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो–सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखि असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण सकिए पछि फाइनल चरणको प्रशिक्षण भने काठमाण्डौमा राखिने प्रशिक्षक टमटाले जानकारी दिए । क्यानले एक महिना अघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ ।

गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो । देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई ब्यक्तिगत र सानो–सानो समुहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान यस्को तयारीमा जुटेको प्रशिक्षक टमटाको भनाइ छ ।

प्रशिक्षणमा प्रदेश दुईका ३ जना सहित झापा, मोरङ, र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक विप्लव घोषले जानकारी दिए ।

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्र बीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर