खबर पूर्वाञ्चल
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी संगठन भित्र ढकाल अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित रहेका छन् । ढकालले विभागीय मूल्य मान्यता, आदेश– निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए ।
ढकालले जिल्ला उदयपुर बेलका नगरपालिका वडा १ आम्बासी स्थित कार्तिक १३ , १४ र १५ गते मलद्वार भित्र राखी अवैध लागू औषध ल्याउँदै गरेका युवाहरुलाई पक्राउ गर्न सफल भएका थिए । भारतबाट अवैध रुपमा लागूऔषध ल्याउने नविन राई, पुकार परियार, मुकेश राई, सुमन तामाङ, अनमोल काफ्लेलाई पक्राउ गरेका थिए । त्यसैगरी इप्रका रामपुर ठोक्सिलाको प्रहरी प्रमुख भएर ढकाल गएपछि विभिन्न मुद्दामा दोषी ठहर भइ कैद तथा जरिवाना तोकी फरार भएका एकै दिन १३ जना फरार प्रतिवादीलाई बेलका नगरपालिकाको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएका थिए ।
ढकाल आएपछि ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि ढकालले एकै दिन एक दर्जन बढी फरार अभियुक्त पक्राउ गरेका थिए । यसरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इप्रका रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी निरीक्षक ढकाललाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया