animated ellipse animated ellipse

विराटनगरमा ५० सहित प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७७, मंगलवार १९:५७
3
Shares
विराटनगर / विराटनगरमा ५० सहित प्रदेश १ मा आज थप ९८ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेशमै यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सबैभन्दा धेरै ६ नम्बर वडामा ९ जनामा संक्रमण देखिएको छ । यस्तै अहिलेसम्मकै धेरै संक्रमित देखिएको ९ नं. वडामा ७ जना संक्रमित थपिएका छन् । योसँगै सो वडामा मात्र कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

विराटनगर १ मा ३ जना, २ मा २ जना, ३ मा ३ जना, ५ मा ५ जना, ७ मा १ जना, ८ मा ३ जना र १० मा १ जनामा संक्रमण पुष्टि भएको छ । ११ मा २ जना, १२ मा १ जना, १३ मा २ जना, १५ मा २ जना, १७ मा ८ जना र १८ मा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४२ पुगेको छ । जसमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

विराटनगर बाहेक मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर