AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन भव्यतापूर्वक मनाइने–मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०८२, मंगलवार १९:३२
144
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रुपमा नभई भव्य रुपमा मनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी मनाउनुपर्ने बताए। उनले भने, दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ र गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रुपमा मनाउ।।,

आज बसेको बैठकले आगामी जेठ १४,१५ र १६ दिवसमा भव्य रुपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रुपमा मनाउनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यक्ता र उपलव्धी सम्वन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिए।

प्रदेश सरकारले आगामी गणतन्त्र दिवस १४,१५ र १६ गते तीन भव्यरुपमा मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर