विराटनगरमा १६४ सहित प्रदेश १ मा थपिए ८८८ कोरोना संक्रमित, २५७ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, ८ जेष्ठ २०७८, शनिबार १८:५९

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १६४ सहित प्रदेशमा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०,दुहवीमा ६,देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीयतहनखुलेका ३–३जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा ८५,विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमलगाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बा¥हदशीमा ३, हल्दिबारी र झापागाउँपालिकामा १–१ र स्थानीयतह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३,सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीयतहनखुलेका १, इलामको फाकफोकथुममा१५, इलामनगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्यदुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीयतहनखुलेका १–१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार २६६जना संक्रमणमुक्त भएका छन् । आज २५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या १७ हजार ४५६ पुगेको छ । प्रदेश १ माआज २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५