खबर पूर्वाञ्चल
आज विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा जेकेजीबाट कुल ८७ जना बालवालिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यालयका बालवालिकाहरु राधा र कृष्णको भेष धारण गरेका थिए ।
कार्यक्रममा विद्यालयमा लाखे नृत्य, मङ्गलधुन, राधाकृष्ण नृत्य तथा राधाकृष्णको भजन पनि विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको थियो ।
कक्षा युकेजीबाट राधातर्फ प्रथम आलिया साह , द्वितीय प्रशिष्का मण्डल , तृतीय एड्रिजा राई घोषित भइन् । कृष्णतर्फ काइरव थापा प्रथम, आर्यन साह द्वितीय र कपिल राय तृतीय हुन सफल भए ।
त्यस्तै एलकेजी तर्फ राधाको भेषभुषामा कामना कार्की प्रथम , परिनिधि कामत द्वितीय, स्वस्तिका अधिकारी तृतीय र कृष्णतर्फ ओजस खरेल प्रथम, सुभम कामत द्वितीय र आरव भुजेलले तृतीय भए ।
प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक तथा मेकअप आर्टिस्ट सुशील स्वेच्छा शर्मा रहेका थिए । विजेता हुने विद्यार्थीलाई प्रमाणपत्र र ट्रफी र सम्पूर्ण सहभागीहरूलाई मायाको चिनो स्वरूप मेडल प्रदान विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले गरेका थिए ।