animated ellipse animated ellipse

स्थापना दिवसमा नौ प्राध्यापक र २० कर्मचारी दीर्घ सेवा पदकबाट विभुषित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७९, मंगलवार १६:२८
342
Shares
विराटनगर/पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनुपर्ने बताएका छन् ।

विश्वविद्यालयको २९ औं स्थापना दिवसका अवसरमा उपकुलपती डा.कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपती डा.कोइरालाको भनाई छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिए ।

विश्वविद्यालय स्थापना दिवसका अवसरमा विश्वविद्यालयले नौ जना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गरेको छ । दीर्घ सेवा पदकबाट विभुषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सह प्राध्यापकहरू बोधहरी आचार्य, डा. रमेशवावु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी रहेका छन् भने उप–प्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घसेवा पदकबाट विभुषित भएका छन् ।

कर्मचारी तर्फ सुकेश कर्ण, धिरेन्द कुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दिपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरिप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभुषित भएका छन् ।

विश्वविद्यालयले २० वर्ष सेवा अवधि पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर