animated ellipse animated ellipse

हचुवाको भरमा जुत्ता चप्पल मेला बन्द गर्ने निर्णय, मेला बन्द नगर्न ओयोजकको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०७७, मंगलवार ०७:२४
2.14k
Shares
विराटनगर / स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा चैत ५ गतेदेखि सञ्चालनमा आएको एक महिने जुत्ता चप्पल मेला बन्द नगर्न आयोजकले आग्रह गरेको छ ।

चैत ५ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भब्य रुपमा उद्घाटन गरेको मेलालाई तत्काल बन्द गर्न चैत २२ गते महानगरका पुमख प्रशाकिय अधिकृत उमेश बस्नेतले मेला रोक्न निर्देशन दिएका थिए । स्थानिय प्रशासनको अनुमती नदिएको भन्दै प्रशाकिय अधिकृत बस्नेतले मेला रोक्न ठाडो आदेश दिएका हुन् ।

महानगरको पत्र पठाएपछि महानगरका नगर प्रहरीले मेलको मुल गेटमै बसेर मेला आउँने ग्राहकलाई फकाउँने गरेको आयोजक समितिले जनाएको छ । मेला बन्द गराउँन महानगरले गरेको निर्णयप्रति फुटवेयर म्यानुफ्याक्वरर्स एशोसियसन अफ नेपाल आपती जनाएको छ ।

तत्काल मेला बन्द गर्ने निर्णय महानगरपालिका अशोभनीय भएको मेलाका सम्योजक होमनाथ उपाध्यायले बताए । बैशाख ५ गतेसम्म लाग्ने मेलमा १३ कम्पनीका २० वटा स्टल रहेका छन् । मेलामा १ सय देखि १० हजारसम्मका जुत्ताचप्पलमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मेलाको मूखय आकर्षक एकै चलोमा ५ हजार भन्दा बढीका मोडेलका जुत्ता चप्पलहरु प्रदर्शाियमा राखिएको सम्योज उपाध्ययायले जानकारी दिए । देीनक २० हजार उपभोक्ताले मेलो अवलोकन गर्ने गरिएकोले मेला बन्द गर्ने उनले बताए । १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको हालसम्म डेड करोडको हाराहारीमा कारोबार रहेको आयोजकले जनाएको छ । मेला बन्द भए आफुहरुको लगानी डुब्ने ओजोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर