AArya
RUMPUM
animated ellipse animated ellipse

अध्यक्षमा उम्मेदवारी नदिने गच्छदारको घोषणा, महाधिवेशनले पार्टीमा देखिने गुट उपगुटलाई समाप्त पार्न विधानमा संशोधन गर्नु पर्छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७८, बुधबार १७:४३
1.11k
Shares
विराटनगर / नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन् ।

आज विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको आयोजित शुभकामना कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले आसन्न पार्टीको महाधिवेशनमा अध्यक्षमा नभई पुनः उपसभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको बताए । उनले लामो विज्ञप्ति वाचन गर्दै वर्तमान संविधान सबै राजनीतिक शक्तिहरुको सहमतिको दस्तावेज रहेको बताए ।

उपसभापति गच्छदारले सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टिकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिएपनि त्यसो नभएको चिन्ता व्यक्त्त गरे ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताहरुबीच १६ बुँदे सहमतिलाई आत्मसात गर्न कसैले पनि हिच्किचाउनु आवश्यक छैन भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिम लगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैले पत्याएको ऐतिहासिक राजनीतिक दल हो भत्रे कुरालाई वेवास्ता गरी विधानमाथि भएको जथाभावी हस्तक्षेपको आलोचना समेत गरे । विधान मिचेर काखापाखा गर्ने कार्यको घोर विरोध गर्दै उनले अन्यायमा परेका, पीडित कार्यकर्तालाई न्याय दिलाएर नै छाड्ने कुरामा जोड दिए ।

उपसभापति गच्छदारले लामो राजनीतिक यात्रामा जहिले पनि देश, जनता र लोकतन्त्रको लागि लडेको चर्चा गर्दै स्वतन्त्रता प्राप्तिका लागि रगत पसिना बगाएका त्यागी र बलिदानी साथीहरुको उपेक्षाको पात्र बनेको देख्दा हृदय चर्किएको बताए ।

उनले आफूले रगत र पसिना बगाएर हुर्काएको पार्टी नेपाली कांग्रेसमै सङ्गठित भएर लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानमा फेरि पनि सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे ।

आगामी महाधिवेशनले पार्टीमा देखिने गुट उपगुटलाई समाप्त पार्न विधानमा संशोधन हुनु पर्ने जिकिर गर्दै उपसभापति गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन भनेर नै आफ्ना तत्कालीन पार्टीका सबै साथी एवं कार्यकतालाई लिएर विधिवत रुपमा नेपाली कांग्रेससँग एकीकरण गरेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर