RUMPUM
animated ellipse animated ellipse

मोरङको अमरदह बजारमा भिषण आगलागी, आगलागीे नियनत्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० मंसिर २०७७, मंगलवार ०८:५५
855
Shares
विराटनगर / मोरङको सुनवर्षी नगरपालिका वडा न–२ अमरदह बजारमा भिषण आगलागी भएको छ ।

बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा गए राती लागेको आगलागी आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो ।

नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट आइपुगेका पाँचवटा दमकलाई आगो नियन्त्रणमा लिन छ घण्टाभन्दा बढी समय लागेको थियो । सबैको प्रयासपछि बिहान २ बजेतिर सुरु भएको आगलागी बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हो ।

आगलागीको कारण खुल्न नसकेको बताउँदै बिजुली सर्ट भएर घटना भएको हुनसक्ने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । आगलागीमा एक करोड बढीको क्षति भएको बताइए पनि यकिन विवरण उपलब्ध भइसकेको छैन उनले भने। प्रहरीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको एसपी खड्काले बताए।

स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । आगलागी बाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर