AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०८०, शनिबार १९:१०
225
Shares
विराटनगर / दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ ।

विराटनगरमा आज सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो ।

उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो ।

बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराहा राईजिङलको बर्चस्व रहयो ।

बेष्ट गोल किपरमा सनसाईनका सुप्रीम सुवेदि, बेष्ट डिफेन्स डन बस्को स्कुलका पृथु मान सिह अधिकारी, बेष्ट मिड फिल्डर सत्यनारायण माविका भरत चौधरी, बेष्ट फरवार्ड बराहाका प्रशान्त घोषित भए । बेष्ट – कोचमा बराहाका आकाश राई भए । हाइ स्कोर बराहाका रोहन राई, प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी युनिक एकेडेमीका धिरज उराँव भए ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए । सोही अवसरमा रेफ्री सन्तोष ताम्राकारलाई सम्मान गरिएको छ । बिजेता हुने खेलाडी र सम्मानित हुने रेफ्री ताम्राकारलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर