RUMPUM
animated ellipse animated ellipse

पहिचान नखुलेको शव विराटनगरमा फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०७८, सोमबार १२:५३
1.53k
Shares
विराटनगर / विराटनगर महानगरपालिका–१३ मा एक जना पुरुष आज मृत अवस्थामा शव फेला परेका छन् ।

विराटनगर १३ स्थित पुरानो डिएभि स्कूल अघिको कब्रस्थानको छेउको सडकमा लडिरहेको अवस्थामा अन्दाजी ३५देखि ४० वर्षका जस्तो देखिने पुरुषको शव फेला परेको हो । मृतक युवाको पहिचान खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनाको विषय पोस्मार्टम रिपोटपछि मात्र खल्ने उनले बताए ।

शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टमा गर्न लगिएको प्रहरीले जनाएको छ । सबै इलाका प्रहरी कार्यालयमा हुलिया विवरण समेत पठाउने कार्य भइरहेको प्रहरीको भनाई छ । सडकको छेउमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका हन् ।

स्थानियका अनुसार मृतक युवा आइतबार साँझ डिएभि स्कूल अगाडी हिडडुल गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर