AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रतुवामाईका विद्यालयमा पार्टीको झण्डा राखेर चुनाव प्रचारप्रसार गर्दै कांग्रेस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७९, बिहीबार १६:०३
153
Shares
रंगेली / रतुवामाईमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेको हो ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा पार्टीको झण्डा झुण्ड्याएका छन् । रतुवामाई नगरपालिका वडा–९ मा रहेको पाथिभारा आधारभूत विद्यालयको गेटमा नेपाली कांग्रेस पार्टीको चिन्ह रूख र पार्टीको झण्डा फहराइएका छन् । कांग्रेसको कतिपय चुनावी जुलुस र ¥यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको पाइएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले यही चैत ३ गते नेपाल राजपत्रमार्फत जारी गरेको सो आचारसंहिता चैत १५ गतेदेखि लागू हुने व्यवस्था छ ।

आचारसंहिताको परिच्छेद २ को ‘ग’ अनुसार ‘कुनै सरकारी कार्यालय वा सामूदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी् निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ व्यवस्था कायम गरिएको हो । परिच्छेद ४ को ‘ट’ ले राजनीतिक दल, उम्मेदवार वा दलका भ्रातृ संगठनले १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनावी प्रचारप्रसार । धर्ना जुलुस, आमसभामा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

सोही आचारसंहिताको परिच्छेद २ को ‘छ’ अनुसार १८ वर्ष पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने, परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकले कुनै पार्टीको प्रचारप्रसार गर्न नपाउने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुने, शिक्षकहरूले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन र मत माग्न नपाइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर