सन्तोष राईसहित तीन जना लागूऔषध कारोबारी पक्राउ

खबर पूर्वाञ्चल, २३ भाद्र २०७८, बुधबार १८:१४

विराटनगर / लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका १ का २३ वर्षिय सन्तोष राईसहित तीन जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका गिरोहको सञ्जालले बेलबारी नगरपालिका भित्रका होटल संचालन गरि अवैध लागूऔषधको कारोबार पनि गर्ने गरेको प्रहरीले तथ्य फेला पारेको छ । इलँका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीलले अवैध गाँजाको कारोबारी गर्ने बेलबारी १ का ३२ वर्षिय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षिय महेश्वर राईलाई मंगलबार १९ केजी ६ सय ५० ग्राम गाँजासहित पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

पक्राउ परेका मध्ये मुख्य कारोबारी सन्तोष रहेको खुलेको छ । सन्तोष र ज्ञानबहादुर दाजुभाई हुन् । दाजु ज्ञानबहादुरको बेलबारीमा ग्रिन कटेज नाम रहेको होटल रहेको छ । उक्त होटलमा गाँजाको गोप्य रूपमा कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । भाई सन्तोषले दाजु ज्ञानबहादुरालाई गाँजा दिने र कुलतमा लागेकाहरूलाई बिक्री वितरण गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका तीन जनालाई लागूऔषध मुद्दामा म्याद थप गरि अहिले अनुसन्धान गर्दै आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५