एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

खबर पूर्वाञ्चल, १८ आश्विन २०७८, सोमबार १६:१४

कानेपोखरी / मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् ।

शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान पनि गरेका छन् ।

‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु । राजनीतिक र वैचारिक रूपले उल्टोबाटो हिंडिरहेको एमाले पार्टी निकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनमै रहेको सबैमा जानकारी गराउँछु । साथै देशमा भएका राजनीतिक परिवर्तनको नेतृत्व नेकपा माओवादी केन्द्रबाट मात्रै सम्भव भएको हुँदा सोही पार्टीमा एकताबद्ध हुन सबै श्रमजीवि शिक्षक, बुद्धिजीवी, पेशाकर्मी तथा आम जनतामा हार्दिक अपिल गर्दछु ।’

यसअघि फुयाँल माओवादी निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरी गाउँ कमिटीको सदस्य थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५