AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा सुनसरीको बर्जुमा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०८३, बुधबार १४:२८
99
Shares
विराटनगर / सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले निगरानी कडाइ गरेसँगै सुनसरीको बर्जु गाउँपालिका–३ नजिक भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ।

आज बिहान करिब २ः४५ बजेतिर बर्जु–३ खरीटोलदेखि करिब ८ सय मिटर दक्षिण भारततर्फ पर्ने सीमाक्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो । त्यस क्रममा केही व्यक्तिहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको देखिएपछि प्रहरी टोली नजिकिएको थियो ।

प्रहरीको उपस्थिति महसुस हुनेबित्तिकै ती व्यक्तिहरू अँध्यारोको मौका छोप्दै सामान छोडेर फरार भएका थिए । घटनास्थलबाट ६ वटा पोका बनाएर तयारी अवस्थामा राखिएको करिब १६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंज र बीओपी अमडुवाबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । बरामद गाँजा हाल बीओपी अमडुवामा राखिएको छ ।

सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ । सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि गस्ती र निगरानी थप सुदृढ गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर