खबर पूर्वाञ्चल
सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा नवौं राष्ट्रिय अधिवेशनसँगै भएको तेस्रो प्रदेश अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कोशी प्रदेश उपाध्यक्षमा फुरी शेर्पा (सोलुखुम्बु), युवराज गुरागाईँ (इलाम) र रत्न श्रेष्ठ (धनकुटा), सचिवमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–सचिवमा रचन श्रेष्ठ (संखुवासभा), मुना विष्ट (सुनसरी) र प्रविना राई (ओखलढुङ्गा) निर्वाचित भएका छन् ।
यस्तै कोशी प्रदेश मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर), छात्रा प्रमुखमा एल्जु राई (संखुवासभा), सह छात्रा प्रमुखमा सीता थापा (धनकुटा), जनजाती कार्य प्रमुखमा सुरज तामाङ (तेह्रथुम) र कोषाध्यक्षमा दिपेश थापा (मोरङ) निर्वाचित भएका छन् ।
सदस्यहरूमा जितेन लोहार (धनकुटा) , नरेस ताजपुरीया (मोरङ), निर्मल लोहार (इलाम), सविना राई (धनकुटा), सङ्गिता अधिकारी (ओखलढुङ्गा), मिलन श्रेष्ठ (मोरङ), निर्मला रायमाझी, नवीन गुरागाईँ (तेह्रथुम), कृष्ण श्रेष्ठ (भोजपुर) र प्रदिशन जिमी (सुनसरी) निर्वाचित भएका छन् ।
यसैगरी परिषद्को नवौं राष्ट्रिय अधिवेशनमा कोशी प्रदेशबाट राष्ट्रिय उपाध्यक्षमा पूर्वाञ्चल विद्यालय व्यवस्थापन संकायका डिन डा. विजु थपलिया निर्वाचित भएका छन् भने विवश कटुवाल (संखुवासभा) राष्ट्रिय सचिवमा चयन भएका छन् ।
अधिवेशनले कोशी प्रदेशबाट चिन्तामणी बस्नेत (मोरङ), लक्ष्मी नेपाल (झापा), सौरभ विश्वकर्मा (सुनसरी) र सुमन दाहाल (खोटाङ)लाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।