AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजमा विद्यार्थीको आकर्षण, ११ सय बढी विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८२, शुक्रबार १६:५५
297
Shares
विराटनगर/ विराटनगरस्थित अरनिको कलेज विज्ञान संकायको उत्कृष्ट शैक्षिक उपलब्धिका कारण नेपालका मात्र होइन, भारतलगायत तेस्रो मुलुकका विद्यार्थीको समेत रोजाइमा पर्न थालेको छ।

प्रत्येक वर्ष मेडिकल तथा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा उच्च नतिजा निकाल्ने कलेजको प्रतिष्ठाका कारण भारत, म्यानमार, जमैकालगायत देशका विद्यार्थीहरु समेत यस कलेजमा आकर्षित हुन थालेका छन्।

यस वर्ष कक्षा ११ को विज्ञान संकायमा भर्ना प्रक्रियाका लागि दुई हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। तीमध्ये एक हजार एक सय बढी विद्यार्थी छनोट भई भर्ना भएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए। उनका अनुसार उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मात्र भर्ना दिइएको हो।

कलेजले भर्ना भएका विद्यार्थीहरुलाई आज कलेज परिसरमै अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो। कलेजका कार्यक्रम संयोजक विकास खनालका अनुसार असार १९ गते आयोजित प्रवेश परीक्षामा उत्कृष्ट नजिता ल्याँने विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर भर्ना गरिएको हो। कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरुलाई शैक्षिक वातावरण, पाठ्यक्रमको स्वरूप, समय व्यवस्थापन र प्रेरणा प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिँदै आएको उनले बताए।

उक्त कार्यक्रममा काठमाण्डौँबाट आमन्त्रित मोटिभेसनल वक्ता डा. तारा गिरीले ‘विज्ञान कसरी पढ्ने’ भन्ने विषयमा विद्यार्थीहरुलाई मार्गदर्शन गरेका थिए। कार्यक्रममा डा. नविन शर्मा, लक्ष्मीप्रसाद अधिकारीलगायतको बोलेका थिए ।

कार्यक्रममा एईईमा सर्वोत्तम नतिजा ल्याउने विद्यार्थी राजबहादुर तथा कमल कुँवरद्वारा स्थापित पुरस्कार अग्रता डंगोललाई प्रदान गरिएको थियो। त्यस्तै, प्रवेश परीक्षामा उच्च स्थान हासिल गर्ने नितिशकुमार गुप्ता र छात्रवृत्तिमा प्रथम हुने मान्सी मण्डललाई ‘अरनिको प्रिन्सिपल छात्रवृत्ति’ प्रदान गरिएको छ। कक्षा ११ को त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मञ्जिला आजो, सुलभ न्यौपाने र अजय लिम्बुलाई समेत पुरस्कार दिइएको थियो।

प्रत्येक वर्ष दर्जनभन्दा बढी विद्यार्थीहरुले मेडिकल प्रवेश परीक्षा उत्तीर्ण गर्ने अरनिको कलेजले यस वर्ष कक्षा १२ को बोर्ड परीक्षामा पनि उच्च सफलता हासिल गरेको छ। विद्यार्थी तेजबी आचार्य र राकेशकुमार साहले ३.९६ जीपीए ल्याएर बोर्ड टप गरेका छन्।

हाल विज्ञान संकायमा २३ वटा कक्षा सञ्चालन हुने र साउन ५ गतेदेखि नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन सुरु हुने कलेजले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका साथै भारतका विभिन्न राज्यबाट समेत विद्यार्थीहरु अध्ययनका लागि अरनिको कलेजमा आउने गरेको कार्यक्रम संयोजक खनालले जानकारी दिए।

विद्यार्थी नृत्य प्रस्तुति लगायतका सांस्कृतिक कार्यक्रमले अभिमुखिकरण कार्यक्रम थप आकर्षक बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर