RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा पहिलो पटक फ्लेयर बार टेन्डर सञ्चालमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० श्रावण २०७७, शनिबार २१:११
117
Shares
विराटनगर / विराटनगरका युवाले विराटनगरको ट्राफिक चोकमा पहिलो पटक फ्लेयर बार टेन्डर वार टेण्डरको कक्षा सञ्चालमा ल्याएका छन् ।

विराटनगरका ३ युवाहरुले करिव १३ लाखको लगानीमा विराटनगरको ट्राफिक चोकमा वार टेण्डरको कक्षा सञ्चालमा ल्याएका हुन् । उमेश कटुवाल, विकाश राई र रोहन ताम्राकारले सञ्चालनमा ल्याएका वार टेण्डर कक्षाले विराटनगरका युवा तथा युवतीलाई लक्षित गरि सञ्चालनमा ल्याएको सञ्चालक उमेश कटुवालले जानकारी दिए ।

उक्त एकाडेमीमा बार टेन्डर सम्बन्धि तालिम लिन काठमाण्डौं जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै विराटनगरमा नै तालिम दिने वातावरण बनाएको छ । बारटेन्डर सम्बन्धि सम्पूर्ण सिकाई कक्षाको लागि २५ हजार लाग्ने छ ।

होटल व्यवसाय क्षेत्रमा विराटनगरबाटै अब दक्ष बार टेन्डर जनशक्ति उत्पादन गर्ने एकाडेमीका सञ्चालक रोहन ताम्राकारले बताए । ताम्राकारका अनुसार हाम्रो एकाडेमीमा ककटेल, मकटेल, पोरिङ, जगलिङलगायतका प्रशिक्षक दिने बताए ।

विराटनगरमा स्केल भएका वारटेन्डर नभएका कारण हामीले वार टेनडरको एकाडेमी खोलेका सञ्चालक ताम्राकारले बताए ।

विराटनगर खुलेसँगै अव युवा तथा युवती वार सम्बन्धि तालीम लिन काठमाण्डौ जानू नपर्ने अर्का सञ्चालक उमेश कटुवालले बताए । हामीले सस्तो र सहज हुने तरिकाले विराटनगरमा खोलेको कटुवालको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर