animated ellipse animated ellipse

धनकुटा र पाँचथरमा पीसीआर मेसिन जडान हुने– मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०७७, शनिबार २०:४४
1.7k
Shares
विराटनगर /प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणका लागि धनकुटा र पाँचथरमा पीसीआर मेसिन जडान कार्य अन्तिम चरणमा रहेको बताए ।

धनकुटा अस्पतालको स्तरोन्नति र धनकुटामा प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालको बारेमा छलफल र निरिक्षण गर्न पुगेका मन्त्री घिमिरेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, प्रदेश अस्पताल र मेची अस्पताल पछि अब धनकुटा र पाँचथरमा पीसीआर मेसिन राख्न लागिएको बताएका हुन् । उनले धनकुटामा पीसीआर परिक्षण जडान गर्न प्रदेश सरकारले बजेट विनीयोजन गरेको र प्रदेश सरकारको सिफारिसमा संघीय सरकारबाट पनि बजेट विनियोजन भएको बताए ।

मन्त्री घिमिरेले प्रदेश १ मा भारतसँग सिमा जोडिएका जिल्लाहरुमा कोरोना सक्रमण बढीरहेको बताए । मन्त्री घिमिरेले धनकुटा अस्पताललाई एक सय बेड क्षमताको बनाउन र धनकुटामा शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले काम गरिरहेको समेत जानकारी गराए । उनले शिक्षण अस्पतालका लागि प्रदेश सरकार समक्ष सिफारिस भएका स्थानहरुको अनुगमन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर