खबर पूर्वाञ्चल
शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको हो ।
शनिबार बेलुका उनी घरदेखि करिब डेढ किलोमिटर टाढा रहेको खोलामा नुहाउन गएकी थिइन् । नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
बालिकाको घर पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा हो । उनी कानेपोखरी स्थीत ६ फुपुको घरमा बस्दै आएकी थिइन् ।