AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थपिए २ सय ७० जना कोरोना संक्रमित, संक्रमितको संख्या २४ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७७, सोमबार १९:१०
504
Shares
विराटनगर / प्रदेश १ मा आज २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार २० पुगेको छ ।

मोरङमा १ सय १२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १–१, झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा र गौरादहमा ५–५, विर्तामोड र हल्दिबारीमा २–२, गौरीगञ्ज, मेचीनगर, भद्रपुर र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा ६, बेलका र चौदण्डीगढीमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, , ताप्लेजुङको आठराई त्रिवेणीमा १, संखुवासभाको मादीमा १, ते¥हथुममा १, इलाममा १, खोटाङको साकेलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १ सय ९७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार १२८ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र १ सय ७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर