खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाको आर्थिक सहयोग तथा हाम्रो समाज र महिला उत्थान संगठनको समन्वयमा २ सय महिलालाई सेनेटरी प्याड वितरण गरिएको हो ।
विराटनगर–९ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति अनुजा कोइराला, वडाध्यक्ष विश्वनाथ भगत, हाम्रो समाजका अध्यक्ष अनुप सापकोटालगायतले महिलाहरुलाई प्याड हस्तान्तरण गर्नुभयो । सो अवसरमा महिनावारी हुँदा अपनाउनुपर्ने सावधानीका विषयमा महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख मीना अधिकारीले जानकारी गराइन् । दुई प्याकेटका दरले दुई सय महिलालाई सेनेटरी प्याड वितरण गरिएको महिला उत्थान संगठनकी अध्यक्ष रुकैया खातुनले जानकारी दिइन् ।