animated ellipse animated ellipse

रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकसहित अधिकारकर्मीद्वारा सरकारलाई ज्ञापनपत्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०७७, शुक्रबार २२:३०
3
Shares
विराटनगर / अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाकालागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा रोम विधान अनुमोदनकालागि इन्सेक प्रदेश १ कार्यालयले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ ।

ज्ञापनपत्रमा नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न सरकारसँग माग गरिएको हो ।

दण्डहीनताको अन्त्यगर्न र गम्भीर प्रकृतिका अपराधका पीडितको न्याय सुनिश्चितता गर्न सम्बन्धित मुलुकद्वारा अन्तर्राष्ट्रियस्तरमा गरिएका मानव अधिकार सम्बन्धी प्रतिबद्धताहरूको सरकारलाई स्मरण गराउनु तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनगर्न विज्ञप्तिमार्फत अधिकारकर्मीहरूले माग गरेका छन् ।

रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आमनरसंहार र मानवताविरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोमविधान सन् १९९८ को जुलाई १७ देखि सम्मेलनकालागि खुलागरिएको थियो । यो विधान संसारका विभिन्न १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेका छन् । दक्षिण एशियाका बङ्गलादेश, अफ्गानिस्तान, मालदिभ्सलगायत एशियाका १९ देशहरू पनि रोम विधानको पक्षराष्ट्र भइसकेका छन् । नेपालहालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्षराष्ट्र भएको छैन ।

मोरङका प्रमुख जिल्लाअधिकार मदन भुजेलले ज्ञापनपत्र बुझ्दै नेपाल सरकारले रोम विधान अनुमोदन गरे द्वन्द्वकालीन घटनाका पीडितले न्याय पाउने बताए ।

ज्ञापनपत्र मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष सोमराज थापा, मानव अधिकार सञ्जाल संयोजक डिकप्रसाद घिमिरे, इन्सेक प्रदेश १ कार्यालय कार्यक्रम अधिकृत बाग्मती कट्टेल,महिला पुनस्थापना केन्द्र ओरेक,नेपाल बालमजदूर सरोकार केन्द्र सिबिन संयोजक वासु अधिकारीसहितको टोलीलाई प्रमुख जिल्ला अधिकारी माफ्र्त प्रधानमन्त्री कार्यालयलाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर