animated ellipse animated ellipse

प्याब्सन मोरङमा छाता ओढाउँदै अनौठो पारामा सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०७८, शनिबार २१:२२
2.05k
Shares
विराटनगर / व्यक्तित्वहरूलाई सम्मान गरिँदा प्रायः फूलको बुके दिएर, दोसल्ला ओढाएर, प्रसस्ती पत्र, सम्मान पत्र अनि नगद दिएर गर्ने चलन छ । तर विराटनगरमा शनिबार सम्पन्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन , ‘प्याब्सन मोरङ’को १५ औं जिल्ला अधिवेशनमा एक व्यक्तित्वलाई अनौठो पारामा सम्मान गरियो ।

प्याब्सन मोरङका संस्थापक अध्यक्ष खगेन्द्र पाण्डेलाई सामान्य सम्मानभन्दा फरक छाता ओढाएर सम्मान गरिएको छ । पाण्डेले प्याब्सनको स्थापनादेखि संस्थागत गर्नेसम्मको कार्यको सम्मान गर्दै उनलाई राजाको जस्तो मान दिन छाता ओढाएर सम्मान गरिएको थियो । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीलगायतका पदाधिकारीले पाण्डेलाई छाता ओढाएर सम्मान गरे । पाण्डेलाई ‘प्याब्सन अम्ब्रेला सम्मान’ बाट सम्मानित गरिएको थियो । सम्मान ग्रहण गर्ने स्थानदेखि पाण्डेलाई मञ्चको बस्ने आसनसम्म छाता ओढाएर पु¥याइएको थियो । छाता ओढाएर गरिएको सम्मानलाई सहभागिले रोचक मानेर हेरेका थिए ।

मोरङ व्याब्सनले अध्यक्ष पुरीलाई उच्च ओहदा सम्मान, टिकाराम ढकाललाई दिर्घ सेवा सम्मान गरिएको थियो । सोही अवसरमा खगेन्द्रप्रसाद भट्टराई र पत्रकार तारा आचार्यलाई पनि सम्मानित गरिएको थियो । अधिवेशनमा मन्तव्य राख्दै प्याब्सन केन्द्रीय अध्यक्ष पुरी, मोरङकी वरीष्ठ उपाध्यक्ष सितला सुब्बा, प्याब्सन केन्द्रीय समिति सदस्य बासुदेव न्यौपाने, एजुकेसन हेल्पलाइनका अध्यक्ष राजेन्द्रप्रसाद ढकाल, हिसान केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले कोरोनका कारण शैक्षिक गतिविधि अस्तव्यस्त बनेको भन्दै आपसी मनोमालीन्य त्यागेर एकतावद्ध भइ अगाडि बढ्ने बताए ।

वक्ताहरूले निजी विद्यालयले भोगी रहेका समस्या र निरूपणको बारेमा धारणा राखेका थिए । देशैभरमा एकसाथ प्याब्सनको जिल्ला स्तरीय अधिवेशन सम्पन्न गरिएको थियो । सितला सुब्बाले मोरङ प्याब्सनको नयाँ कार्यसमितिको नेतृत्व गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर