AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माओवादीबाट विद्रोह गरि उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेको फिर्ता भएन उम्मेदवार,मेयरमा तीनसहित विराटनगरमा २३ जनाको उम्मेदवारी फिर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७९, शुक्रबार १८:३९
6.18k
Shares
विराटनगर/ स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिको विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरमा तीन, उपप्रमुखमा दुई, वडाअध्यक्ष्मा ८ सहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । जसपा त्याग गर्दै मेयरमा उम्मेदवारी दर्ता गरेका स्वतन्त्रका उमेश यादव र माओवादीबाट राजीनामा दिएर उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेले भने उम्मेदवारी फिर्ता लिइनन् ।

उम्मेदवारी फिर्ता लिन आयोगको आज साँझ ५ बजेसम्मको समय सीमामा उनले मनोनयन फिर्ता लिइनन् । माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी न्यौपानेले आफूले पदबाट राजीनामा दिएकाले उम्मेदवारी फिर्ता नलिने बताइन् ।

यता महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएकी शारदा मैनालीले भने मनोनयन फिर्ता लिएकी छिन् । मैनाली माओवादी केन्द्र विराटनगर सहसचिवसमेत हुन् । गठबन्धनतर्फबाट विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपालाई भागबन्डा गरिएको छ । यहाँ गठबन्धनबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार बनेका छन् ।
मेयरका उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चा पार्टीबाट टंकप्रसाद गौतम, नेपाल परिवार दलबाट महेश निरौला र स्वतन्त्रबाट उम्मेदवारी दिएकी केमुना वडारी मैनाली शारदाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारीले हेमराज बुढाथोकीले जानकारी दिए ।

उपप्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्रबाट उद्धबप्रसाद कोइराला र परिवार दलबाट दिपक पोखरेलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मेयरमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि मेयरमा अब १४ र उपप्रमुखमा १६ जनाको उम्मेदवारी कायम भएको छ ।

यसैगरि स्वतन्त्रबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल ७४४ मध्ये २३ जनाको उम्मेदवारी फिर्ता हुँदा अब विराटनगरमा ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उम्मेदवारहरुलाई निर्वाचन चिन्ह भने शनिबार बैशाख १७ गते प्रदान गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर