पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि, ६८९१ जना संक्रमणबाट मुक्त

खबर पूर्वाञ्चल, ४ जेष्ठ २०७८, मंगलवार १७:४९

काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ

पछिल्लो २४ घण्टामा नेपालभर २०२८६ जनाको पीसीआर र ६९३ जनाको एन्टिजेनबाट स्वाब परीक्षण भएकोमा ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा ६८९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ३ लाख ५२ हजार ४१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालभर १९६ जनाको संक्रमणबाट मृत्यु भने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ५४११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५