कलेजले आज कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि निःशुल्क दन्त शिविरको आयोजना गरेको हो ।
साना पाइला मोरङ तथा नेपाल डेन्टल एसोसिएसन मोरङको सहयोगमा भएको दन्त शिविरमा कलेजमा अध्ययनरत १ सय भन्दा बढी विद्यार्थीले शिविरबाट लाभ लिएका कलेजका निर्देशक प्रशान्तकुमार लाल बताए । शिविरमा डा. मीरा आचार्य, डा. प्रेक्षा दली, डा अभिषेक कुमार, डा रक्षा केसी, डा. नयनसा कार्कीले निशुल्क सहयोग गरेका निर्देशक दासले बताए ।
तपाईको प्रतिक्रिया