खबर पूर्वाञ्चल
आज सम्ममा ५२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । प्रदेश नम्बर २ र ५ मा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गर्दै आएको नियमित जानकारीका क्रममा प्रवक्ता डा.विकास देवकोटाले संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जानकारी दिए ।
संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् । संक्रमितमध्ये हालसम्म २ सय ६ जना निको भएर घर फर्किइसकेका छन् ।
पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । आज सम्म क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् । अब भारतबाट आउनेहरुलाइ थप व्यवस्थित बनाइने र उनीहरुलाई हेल्थ किट उपलब्ध गराउने डा. देबकोटाले जानकारी दिनुयो । क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या बढिररहेको र अझै बढ्न सक्ने भन्दै डा. देबकोटाले क्वारेन्टाइनहरु थप व्यवस्थापन गर्ने पनि बताए । अब कोरोना थप फैलन सक्ने भएकाले सर्तक रहन आवश्यक रहेको पनि मन्त्रालयले आग्रह गरेको छ ।
समुदायमा दीर्घ रोगी, जेष्ठ नागरिकह र कमजोर स्वास्थ्य भएकालाइ यसको जोखिम बढि भएकाले सर्तक रहन पनि डा. देबकोटाले आग्रह गर्नुभयो । अब भने सङ्क्रमितको अवस्था हेरिकन, सामान्य, जटिल, अति जटिल अवस्था छुट्याएर उपचार गर्ने हुन पनि सक्ने डा. देबकोटाले बताए ।
रौतहटमा एकै दिन ५६ सङ्क्रमित थपिए
रौतहटमा कोरोना भाईरसका संक्रमित आज एकै दिन ५६ जना थपिएका छन् । यससंगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ जना पुगेको छ । क्वारेन्टाईनमा बसेकाहरुमा नै कोरोना भाईरसको संक्रमण देखिएको हो । उनीहरु रोजगारी गरेर भारत बाट घर फर्की आएर सम्बन्धित नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए ।
आज थपिएकामा राजपुर नगरपालिकामा–३३ जना, बौध्दिमाई नगरपालिकामा, २ जना, मौलापुर नगरपालिकामा ६ जना र ईशनाथ नगरपालिकामा १५ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिए। तीनदिन अघि मात्रै उनीहरुको पिसिआर परिक्षणको लागि स्वाब निकालिइएको थियो । आज थपिएको कोरोेना भाईरसको संक्रमितमा मौलापुर र बौध्दिमाईमा नया थपिएको हो । थपिएका कोराना भाईरसको संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको बताइएको छ ।