‘सेप’ भारतीय शैक्षिक मेलाको तयारी पूरा

खबर पूर्वाञ्चल, १ श्रावण २०७९, आईतवार १९:०२
153
Shares
विराटनगर / विराटनगरमा १४ औं ‘सेप’ भारतीय शैक्षिक मेला हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि शैक्षिक मेला हुने भएको हो ।

सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने सेप भारतीय शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । सेभ इभेन्टसले प्रत्येक वर्ष नेपालका प्रमुख सहरहरूमा यस्तो शैक्षिक मेला गर्दै आएको छ ।

काठमाणडौंमा वृहत रुपमा शैक्षिक मेला गरेपछि सोमबार र मंगलबार विराटनगरमा गर्न लागेको हो । विराटनगरमा हुने शैक्षिक मेलामा भारतका नाम चलेका विश्व विद्यालयहरुका प्रतिनिधीहरुको सहभागि रहेछन् । शैक्षिक मेलामा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले त्यहाँका विश्व विद्यालयको बारेमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त हुने सेप इभेन्टस एण्ड मिडिया प्रा.लि.का निर्देशक सञ्जय थापाले बताए । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालय सहित प्रतिनिधि मण्डलका सदस्यहरू परामर्शकालागि सहभागी हुने छन् ।

शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा आउने निर्देशक थापाले बताए ।

‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको उनले बताए । ‘यो शैक्षिक मेला नेपालमा आयोजना हुने सबैभन्दा पुरानो शैक्षिक मेला हो, उनले भने, ‘हामीले नेपालमा विगत १४ वर्षदेखि लगातार नेपाली विद्यार्थी र अभिभावकप्रति गुणस्तरीय शिक्षाको बारेमा बुझाउन सफल भएका छौं ।’ मेलामा करिब २ हजार विद्यार्थीको सहभागि हुने बताइएको छ । यसअघि काठमाण्डौंमा गरेको शैक्षिक मेलामा विद्यार्थीहरूको उल्लेखिनय उपस्थीति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५