AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्टार सहकारीद्धारा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७८, शुक्रबार १७:३०
351
Shares
विराटनगर / ६५ औं राष्ट्रिय सहकारी दिवसको अवशरमा श्रीस्टार बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रमको उद्धघाटन प्रतिनीधिसभा सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले गरे । उनले १०१ पटक रक्तदान गरेका बरगाछी बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरका कर्मचारी रोहितकुमार रायलाई रगत संकलनको पोका दिएर कार्यक्रमको उद्धघाटन गरे । पण्डितले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिदै त्यसतो मनाव जिवन रक्षाको पवित्रकार्यमा संलग्न हुनु आफैमा पुण्यको काम भएको बताए ।

संस्थाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, सचिव राकेश दाहाल, कोषाध्यक्ष अमृत गुरुङ्ग, जिल्ला उपभोक्ता सहकारी संघ लि. मोरङ्गका अध्यक्ष माधव अत्रिलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर