AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षा विधेयक विरुद्ध विराटनगरमा प्रर्दशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ भाद्र २०८२, सोमबार १९:२२
594
Shares
विराटनगर/ विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर विराटनगरमा प्रदर्शन गरेका छन् ।

प्याब्सन, एन प्याब्सन, हिसान, अपेनलगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा सोमबार विराटनगरमा प्रदर्शन गरेका हुन ।

विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रर्दशन देवकोटा चोकमा कोणसभापछि समापन भएको थियो । कोणसभामा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेललगायतले सम्बोधन गरे ।

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफा मुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिँदै आएका छन् । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भइसकेको छ ।

यस्ता छन् निजी विद्यालय सञ्चालकका माग

१. ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने ।

२. विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खानारखाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

३. कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने ।

४. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।

५। छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३९ ९क०, नियमावली, २०६० को नियम १० ९क०, मा ४५५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर