पूर्वाञ्चल खबर

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मोहन श्रेष्ठले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । उनले कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षालाई आगामी परीक्षा र व्यावहारिक जीवनमा समेत सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा हिसान परीक्षा समितिले लिएको कक्षा १२ को प्रि- बोर्ड परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। विज्ञान समूहमा प्रथम हुने अनु कामत, द्वितीय हुने सिता श्रेष्ठ र तृतीय हुने अंशुकुमार यादव तथा व्यवस्थापन समूहतर्फ प्रथम हुने रोहन साह, द्वितीय हुने शाहिमा खातुन र तृतीय हुने प्रिन्स शर्मा सम्मानित भए।
बिदाई कार्यक्रममा बोल्दै विद्यार्थीहरू मान्यता बस्नेत, प्रिन्स शर्मा र रिया सुवेदीले विद्यालयमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । उक्त समारोहमा कलेजका संस्थापक प्रा.डा. राजुकुमार थापा, निर्देशक वसन्तकुमार बस्नेतलगायतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।