प्रदेश १ मा ९९३ जना संक्रमण मुक्त, थपिए ८५१ जना संक्रमित

खबर पूर्वाञ्चल, २१ जेष्ठ २०७८, शुक्रबार १८:०२

विराटनगर / प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।                                                    संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ ।

प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा १०५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरमा १४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१, सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१. जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलामनगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ७२८ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४७ महिला र ५०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५