खबर पूर्वाञ्चल
एपीएफले आज विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई पेनाल्टीसुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि उचालेको हो । जितसँगै एपीएफले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि हात पारेको छ भने उपविजेता भएको साइनोले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।
निर्धारित समयसम्म दुवै टिमले १÷१ गोलको बराबरी भएपछि खेलको झिनोफनो पेनाल्टीसुटआउटमाबाट भएको हो । जितको लागि एपीएफका उज्जवल चाम्लिङ्ग राई, राजकुमार कन्दङबा, रोशन कार्की र आशिष चापागाईले गोल गरि टिमको जित सुनिश्चत गरे । साइनका दिवाकर चौधरी, कैलाश बस्नेत र रवि थापा मगरले गोल गरेका थिए । दोर्जे तामाङ्ग प्रहार बाहिरियो भने तिर्थ बस्नेतले प्रहार गरेको गोल एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले उत्कृष्ट बचाउ गरिदिए ।
प्रतिस्पर्धात्मक खेलमा साइनोका गिलसाङ्ग कन्दङवाले खेलको १८ औं मिनटमा गोल गरि अग्रता कायम गरेका थिए । डिबक्स भित्र साइनोका खेलाडीले प्रहार गरेको बल एपीएफका खेलाडीमा लागेर फर्किएपछि गिलसाङ्गले किपरलाई क्लियर गर्दै वान टचमा गोल गरेका थिए । साइनोले अग्रता धेरै वेर रहेन । ३६ औ मिनटमा एपीएफले गोल गरि खेल बराबरीमा ल्यायो । एपिएफका खेलाडीले डिबक्स भित्रदेखि प्रहार गरेको बललाई एपिएफका आशिष चापागाइँले जाली चुमाए ।
फाइनलमा एपीएफका डिफेन्डर र मिडफिल्डहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
एपीएफका आशिष चपगाइ म्यान अफ द फाइनल घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । बेस्ट गोलकिपर सशस्त्र प्रहरीका दिलकुमार लिम्बु भए । बेस्ड डिफेन्डमा सशस्त्र बलका नविन चौधरी घोषित भए । बेस्ट मिडफिल्डर साइनोका कैलाश बस्नेत भए । बेस्ट प्रशिक्षकमा सशस्त्र प्रहरी बलका सुवास गिरी घोषित भए । हाइस्कोर साइनोका गिलसाङ्ग कन्दङवा घोषित भए । उनले खेल अवधिभर ३ गोल गरेका थिए । सर्वोत्कृष्ट खेलाडीमा साइनोका दिवाकर चौधरी भए । उनीहरु सबैले जनही नगद ७ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता र खेलाडीहरूलाई पुरस्कार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाही, कोषाध्यक्ष बिष्णु डंगोल, एमाले नेता पर्शुराम बस्नेत, काँग्रेस नेता राजेश गुप्तालगायतले पुरस्कार वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया