खबर पूर्वाञ्चल
विराटनगरमा रहेका गैरसरकारी संस्थाहरुलाई एकै ठाउँमा राखेर मानव अधिकारसँग संवन्धित विषयमा सञ्जालमा मासिक रुपमा छलफल गर्दै आएको छ ।
आज ओरेक विराटनगरको संयोजनमा छलफल गरिएको छ । मासिक रुपमा गरिने छलफल कार्यक्रममा मानव अधिकारको अवस्था र गैरसरकारी संस्थाहरुले मासिक रुपमा गरेका काम र समस्याहरुबारे सञ्जालको बैठकमा छलफल हुने गरेको छ ।
सञ्जालको बैठकमा मानव अधिकार संवन्धि पाँचौं राष्ट्रिय कार्ययोजनाबारे पनि छलफल हुने गरेको छ । कार्ययोजना अनुशार प्रदेश, स्थानीय सरकारले गर्नुपर्ने काम नगरेकोको अधिकारकर्मीहरुले बताएका छन् ।
सञ्जाल बैठकमा संयोजक विनोद पोखरेलले आर्थिक वर्ष २०८०–०८१ को आय व्यय तथा वर्षभरि सञ्चालन गरिएका कार्यक्रमबारे बैठकमा जानकारी गराए। संयोजक पोखरेलले बैठकमा आएका सुझावहरुलाई आगामी दिनमा कार्यन्वयन गर्दै लैजाने गरिएको बताए।
सञ्जाल बैठकमा मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख पवन भट्टको विदाई गरिएको थियो । उनी कोशीबाट बागमती प्रदेशको हेडौंडा सरुवा भएकाले मासिक बैठकको अवसरमा विदाई गरिएको थियो । बैठकमा भट्टले मानव अधिकार सञ्जालले गैरसरकारी संस्थाहरुलाई समेटेर मानव अधिकारका विषयमा साझा धारणा बनाउने काम गरेको बताए। सञ्जालको महत्व बढेर गएको समेत उनले बताए।
बैठकमा गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, बरिष्ठ पत्रकार यज्ञ शर्मा, अधिकारकर्मीहरु दिनेश श्रेष्ठ, मीना जोशी, बासु अधिकारी, बागमता कट्टेल लगायतले बोलेका थिए।