RUMPUM
animated ellipse animated ellipse

चार विद्यार्थी भए मोर्डन एरा लिटल च्याम्स

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७९, आईतवार १८:२०
1.41k
Shares
विराटनगर / विराटनगर – ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलले आयोजना गरेको ‘मोर्डन एरा लिटल च्याम्स’ चार जना विद्यार्थी च्याम्पियन भएका छन् ।

अभिभाव दिवसको अवसर पारेर आयोजना गरीएको उक्त प्रतियोगिता अन्र्तगत गायन विद्या तर्फको मोर्डन एरा लिटल च्याम्स हिमानी घिमिरे, नृत्य जुनियरतर्फमा युनिका घिमिरे, सिनियर तर्फ प्रजिना राई र मोडलिङ तर्फ भुमिका थापा मगर घोषित भएकी हुन् ।

यस्तै मोडलिङ तर्फ रक्षा ओझा फस्ट रनरअप र निर्जला आचार्य सेकेन्ड रनरअप भइन् ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागी मोर्डन एरा लिटल च्याम्सको आयोजना गरेको हो ।

मोर्डन एरा लिटल च्याम्स स्कुलमा अध्ययनरत ५४३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । पहिलो शृङखलामा २०२ विद्यार्थीहरु छनोट भएका थिए । कार्यक्रम पहिलो, दोस्रो, तेस्रो र फाइनल गरि चार चरणमा सम्पन्न गरिएको हो । फाइनलमा ३० जना विद्यार्थी पुगेका थिए ।

विद्यार्थीहरुलाइ विभिन्न क्षेत्रमा अग्रसर गराउन साथै उनीहरुका प्रतिभा प्रस्फुटन गराउनका लागि मोर्डन एराले यस्ता खाले कार्यक्रमको आयोजना गर्दै आइरहेको प्रिन्सिपल इन्द्र राईले बताए । मोर्डन एरा लिटल च्याम्सले मोर्डन एरा विद्यालयका विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अव्बल रहन सहयोग गर्ने समेत राइले बताए ।

गुणस्तरिय शिक्षा संगै अतिरिक्त क्रियाकलापहरुमा प्राइभेट विद्यालयहरु संधै अगाडी रहेको र मोर्डन एरा विद्यालयले प्रदेश १ को शिक्षाका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उनले बताए ।

अभिभावक दिवसको समापन गर्दै प्रिन्सिपल राईले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मोर्डन एराबाट उत्पादन भएको विद्यार्थीहरु राष्ट्रको विभिन्न ओदामा पुग्न सफल भएको बताए । कक्षा १२ सम्म मोर्डन ऐरामा १ हजार ३ सय ११ जना विद्यार्थी अध्ययरत रहेको उनले बताए । मोर्डन ऐरा स्कुलले अभिभावक दिवसमा दिुई दिनसम्म कार्यक्रम गरी मनाएको हो ।

शनिबार पहिलो दिन पिजिदेखि कक्षा २ सम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाए । आज ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरी दिनभरी रमाइलो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर