AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप कलेजले गर्यो विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०८०, शुक्रबार १७:४५
2.03k
Shares
विराटनगर / विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत व्यवस्थापन संकायको १५ औंं ब्याचको ३ सय ५१ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा तथा हिसानको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका साँसद भीम पराजुली कलेजका कलेजका प्राचार्य तथा हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खडका, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका निर्देशक शैलेन्द्रराज शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईतगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

विदाई कार्यक्रममा विदाई हुन लागेका सौगात भट्टर।ई, स्वीकृटि पराजुली, सन्देश श्रेष्ठ र श्रेयन्सा दाहाल लगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर