AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रेस चौतारी मोरङको नवौं अधिवेशन माघ १२ मा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०८१, बिहीबार १८:२४
45
Shares
विराटनगर / प्रेस चौतारी नेपाल मोरङ शाखाको नवौं जिल्ला अधिवेशन यहि माघ १२ गते हुने भएको छ ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले माघ १२ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको सचिव शशांक पौडेलले जानकारी दिए। सचिव पौडेलका अनुसार माघ ७ गते भित्र चौतारीका सम्पूर्ण सदस्यहरुकोे सदस्यता नविकरण गरिसक्ने समेत निर्णय गरेको छ । यस्तै मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा गठबन्धनका तर्फबाट विजयी उम्मेदारवारहरुलाई बधाई ज्ञापन गर्दै निर्वाचनमा मतदान गर्ने सम्पूर्ण पत्रकार तथा प्रत्यक्ष तथा परोक्ष सहयोग गर्नेहरुप्रति कृतज्ञता ब्यक्त गरेको सचिव पौडेलले बताए।

यसैगरि चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण गर्न योग्य व्यक्ति छनौटका लागि अग्रज पत्रकार यज्ञ शर्माको संयोजकत्वमा प्रेस चौतारी नेपालका अनुशासन आयोग सदस्य रामचन्द्र अधिकारी र प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइराला रहेको तीन सदस्सीय समिति समेत गठन गरेको छ । पुरस्कार जिल्ला अधिवेशनमा समर्पण गरिने पौडलले बताए।

बैठकमा नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल रिमाल, नेकपा एमाले मोरङ प्रेस चौतारी इन्चार्ज तिलकुमारी शर्माले अधिवेशन भब्य रुपमा सफल बनाउन शुभकामना ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर