खबर पूर्वाञ्चल
भारत बिहार अररिया जिल्लाको बथनामा विराट दिब्या दृष्टि हस्पिटलका संचालन गरेर बसेका रायको शनिबार साँझमा रहस्यमय मृत्यु भएको हो ।
रायका परिवारले भने रविन कुमारको हत्या उनका पार्टन विराटनगर ३ घर भएका इबराहिम र मिटर ब्याजमा ऋण लिएका खेम भनिने खगेन्द्र थापाले गुण्डा परिचालन गरि हत्या गरेको आरोप लगाएका छन् । फर्मासिस्ट र जनस्वास्थ्यमा स्नातक गरेका रायले दुई वर्ष अगाडी बथनामा इबराहिमसँग मिलेर ५० शैय्याको हस्पिटल खुलेका थिए । हस्पिटल राम्रो चल्दै गएपछि रायले एकलौटि चलाउने योजना बनाए । त्यसपछि पार्टन इबराहिमको भारु १८ लाख रुपैयाँ फिर्ता दिने सहमति भएको थियो । सहमति अनुसार रायले १२ लाख रुपैयाँ नगद र ८ लाख रुपैयाँ चेक दिएको मृतक रविनको परिवारले बताएका छन् ।
‘शनिबार दिउँसो इबराहिमसहित मिटर ब्याजमा ऋण दिने थापासहित १० जना एउटा स्कारपीयोमा बथनास्थित हस्पिटलमा आएका थिए । श्रीमानलाई छलफलमा लैजाने भन्दै हामी बस्ने पाँचौ तलामा लिए गए । हामीलाई चौथो तलामा ढोका थुनिदिए । त्यसपछि हामीलाई प्रहरीमा खबर गरिम । प्रहरी आएको केहीबेरपछि शनिबार ५ बजे पाँच तलाबाट श्रीमान चौथो तलामा झारिदियो । हामीले हस्पिटल लिएर जाँदा चिकित्सकले मृत घोषणा गरिदियो,’ श्रीमति रानी कुमारी रायले भनिन्, ‘श्रीमानलाई योजनाबद्ध तरिकाले निर्घात कुटपिट गरेर छतबाट खसाएर मारिएको हो ।’ यसरी श्रीमानको हत्या गर्नेलाई कडा कारवाहीको लागि परिवारले माग गरेका छन् ।
रायले खगेन्द्र थापासँग ५ रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए । ५ लाख रुपैयाँ ऋण लिएपनि उनले कपली तमसुक १५ लाखको बनाएका थिए । मिटर ब्याजमा दिएको ऋण उठान रायको हत्या गरेको हुनुसक्ने मृतकका आफन्तले बताएका छन् । मतृक परिवारले रायको हत्यमा संलग्नलाई कारवाहीको माग राख्दै भारतीय प्रहरीमा पनि उजुरी दिएको बताएका छन् । पोस्मार्टमपछि रायको शव आइतबार राती विराटनगरमा ल्याएर सोमबार विराटनगरस्थित सिंघीया खोलामा दाहसंस्कार गरिएको छ ।
तपाईको प्रतिक्रिया