RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा विराट सिटि डेन्टल संचालनमा, दश दिनसम्म निःशुल्क सेवा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०८०, सोमबार १८:२३
2.61k
Shares
विराटनगर / विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । आज एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।

अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न निर्मलिकरणमा बिशेष ध्यान दिएर दाँत सम्बन्धी सम्पूर्ण उपचार गर्ने उद्देश्यले डेन्टल संचालनमा ल्याएको डाक्टर साहले बताइन् ।

विराट सिटि डेन्टलमा आरसिटि, विभिन्न किसिमका क्राउन लगाउने, किरा लागेको दात भर्ने, माइनर सर्जिकल एक्सटासन, अर्थाे डेन्टिक्स बिशेषज्ञतद्वारा दाँतमा तार बाधिने, बाङगो टिङ्गो दाँतमा बाधिनेलगायतका सम्पूर्ण उपचार सेवाहरु एउटा छानामुनि रहेर विरामीलाई गुणस्तरीय सेवा प्रदान गरिने भएको छ ।

डेन्टल संचालनमा आएको अवसरमा १० दिनसम्म निःशुल्क ओपिडि सेवा र अन्य विभिन्न जाँचहरूमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । त्यसैगरि हलिएको दाँत पनि निःशुल्क हुने जनाएको छ ।

सोही अवसरमा डेन्टलमा आएर उपचार गर्ने तेलि सामुदायिलाई ३० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर