पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका– १४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी वडाअध्यक्षलाई अदालतले धरौटिमा छोडन आदेश दिएपछि धरौटि रकम सोही दिन बुझाएर तारखेमा छुटेका छन् । कर्तब्य ज्यान मुद्दाका प्रतिवादी यादवल हत्या आरोप लागेपछि ढेडवर्षदेखि फरार थिए । प्रहरीको तिव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोवास गरेको कारणले उनी पक्राउ परेका थिएनन् । आज कार्यालय समयमा सुटुक्क अदालतमा यादव उपस्थित भएका थिए । सोही दिन भएको थुनछेक बहसपछि अदालतले यादवलाई धरौटिमा छोडन आदेश दिएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीन जना वडा अध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।