खबर पूर्वाञ्चल
दैनिकज्यालादारी गरेर जिविकाचलाउने गरिव परिवारहरुको दैनिकी चिसोका कारण दैनिकी कष्टकर बनेको छ । सामान्य न्यानो लुगा समेत खरिद गर्न नसक्ने अवस्थाका परिवारहरुलाई सहजहोस भनेर बिभिन्न संघ तथा सस्थाहरुले सहयोग अभियान समेत संचालन गरेका छन् ।
विभिन्न जिल्लाहरुमा मानविय सहायताउपलब्ध गराउदै आएको केयर एण्ड डेभलपमेन्ट अगएनाइजेसन (सिडियो) नेपालले यस्तै चिसोका कारण कष्टकर जिवन बिताउन बाध्य बुढीगंगा गाउँपालिकाका ५० दलित परिवारलाई न्यानो लुगाबितरण गरेको छ ।
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं ५ माबसोवास गर्दै आएका दलित समुदायका वस्तीमा पुगेर अर्गनाइजेसनले न्यानो लुगा वितरण गरेको हो । चिसोका कारण ओड्ने तथा ओच्छ्याने कपडाको समेत अभावमा पिडामा रहेका स्थानीयलाई संस्थाको तर्फबाट कपडा वितरण गरिएको हो ।
त्यसैगरी अर्गनाइजेसनले गाउँपालिकाको वडा नं २ मा रहेको मधुग्राम आधारभुत विद्यालयका १ सय ७५ जना छात्र छात्राहरुलाई न्यानो स्वेटर समेत वितरण गरेको छ ।
कार्यक्रममा सिडियो नेपालका कार्यकारी निर्देशक आरती बस्नेतले चिसोका कारण समस्या झेल्दै आएका विपन्न परिवार तथा बालबालिकाहरुलाई राहत होस भन्ने उद्धेश्यले न्यानो लुगा वितरण अभियान संचालन गरेको वताइन् ।